दिंला- भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर-१० मा रहेको युवा तथा खेलकुद विकास संस्थाले आयोजना गरेको फुटवल प्रतियोगिताको उपाधि दिंला फुटवल क्लवले जितेको छ । शनिवार खगेन्द्र स्मृति रंगशालामा सम्पन्न फाईनल खेलमा भोजपुर नगरपालिका- ८ लाई ३-० को गोल अन्तरले हराउदै उपाधि सहित ५० हजार ५ सय ५५ नगद हात पार्न सफल भएको हो ।

प्रतियोगिताको फाईनलमा पराजित भोजपुर नगरपालिका ८ ले ३५ हजार ५ सय ५५ मा चित्त बुझाउनु पर्यो । प्रतियोगितामा सेमिफाईनलिष्ट षडानन्द नगरपालिका ६ को जनचेतना अभियान र वडा नम्वर ५ बडहरेले १५-१५ हजार नगद प्रात्त गरे । प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गरेका भोजपुर नगरपालिका ८ का विजु भुजेलले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको पुरस्कार स्वरुप नगद १० हजार र ट्फी प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले टीमको पुरस्कार संखुवासभाको सित्तलपाटी फुटवल क्लवले प्राप्त गर्यो । त्यस्तै प्रतियोगिताको सर्वोकृष्त गोलकिपर भोजपुरका कुमार वस्नेत, डिफेन्स दिंलाका अर्जुन अछामी, स्ट्राईकर जनचेतनाका जीवन राई, मिडफिल्ड दिंलाका दावा शेर्पा र नव उदयीमान खेलाडीको पुरस्कार साम्पांगका सम्मर राईले प्राप्त गरे । हरेक विद्याका सर्वोत्कृष्ट खेलाडीले जनही २५ सय नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा भोजपुर र संखुवासभाका १५ टीमको सहभागीता रहेको थियो ।

प्रतियोगिताको सञ्चालनको लागि षडानन्द नगरपालिकाले ग्राउण्ड स्तरीकरण गर्न ७० हजार वरावरको सहयोग गरेको छ । प्रतियोगिता सञ्चालन गर्न वडा कार्यालय षडानन्द नगरपालिका १०ले १ लाख वरावर सहयोग गर्ने प्रतिवद्धता जनाएको युवा तथा खेलकुद विकास संस्था साम्पांगका खेलकुद संयोजक राजेन्द्र विक्रम राईले जानाकारी दिए । प्रतियोगिताको प्रथम पुरस्कार साम्पांगमा जन्मीएर हाल काठमाडौंमा वसोवास गर्ने ईश्वर राई, दोस्रो पुरस्कार अमेरिकामा वसोवास गर्ने केशर राई र २३ हजार वरावरको खेलकुद सामाग्री काठमाडौं दिवासी उमेश राईले स्पोन्सर गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया