सामाजिक सञ्जालमा सक्रिय दाह्री ग्याङका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।बुधबार साँझ प्रधानमन्त्री निवासा बालुवाटारमा प्रधानमन्त्री र युवाहरूबीच भेट भएको हो।तस्बिर: सूर्य थापाको ट्वीटर

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा तस्बिर राख्दै दाह्री ग्याङसँगको भेटबारे जानकारी दिएका छन्। उनले लेखेका छन्( राष्ट्रका लागि युवा( दाह्री ग्याङसँगको भेट।

उक्त भेटमा सहभागी भएका युवा लेनिन बिष्टले राष्ट्रका लागि युवा भन्ने अभियानमा रहेका युवाहरूले प्रधानमन्त्रीलाई भेटेको बताए।

ुयो अभियानमा युवा डाक्टर, इन्जिनियरका सहित १७० वटाजति संघसंस्था छन्, त्यसमध्ये दाह्री ग्याङ पनि एउटा हो,’ बिष्टले भने,‘हाम्रो अभियानमा रहेका युवाहरूले रकेट बनाउँदै हुनुहुन्छ। त्यसबारे प्रधानमन्त्रीलाई जानकारी दिन बालुवाटार गएका हौं।’

राष्ट्रका लागि युवा अभियानले वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसरमा मार्च १४ मा आफूले बनाएको रकेट सार्वजनिक गर्न लागेको उनले बताए।

त्यसको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए। दाह्री ग्याङ पनि आफूहरूले सामाजिक काम गर्नका लागि बनाएको बिष्टले बताए।

ुदाह्री ग्याङले समानान्तर भातृत्वको अभ्यास गरिरहेको छ। एकचोटीमा दाह्री काट्दा सय रुपैयाँ खर्च हुन्छ। बरू एकचोटी दाह्री नकाटौं र जोगिएको पैसाले समाजसेवा गरौं भनेर यो ग्याङ बनाएका हौं,ु उनले भने।

यसले विगत पाँच वर्षदेखि समाजलाई सकारात्मक चेतनासँगै व्यक्ति निर्माणको पाटोलाई जोड दिएको छ।

ुग्याङले दाह्रीलाई एउटा संकेतका रूपमा प्रयोग गरी बहुमतप्राप्त दाह्री नआएका साथीहरूको समर्थनसहित सक्रिय छ,’ ग्याङका एक सदस्यले भने। यस ग्याङमा १ लाखभन्दा बढी सदस्य छन्।

रकेट र पानीबाट चल्ने गाडी बनाइरहेका आविष्कारकहरूको परिकल्पनालाई वास्तविक बनाउन प्रधानमन्त्रीबाट साथ र सहयोग अपेक्षासहित उक्त ग्याङका प्रतिनिधि प्रधानमन्त्रीलाई भेटेका हुन्।

 

तपाईको प्रतिक्रिया