विराटनगर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले शनिबार विराटनगरमा सभामा २ लाख बढी कार्यकर्ता उर्ताने दाबी गरेको छ । नेकपाका युवा नेता तथा मुल आयोजक समितिका सदस्य पर्शुराम बस्नेतले प्रदेश १ मै धेरै कार्यकर्ता उतार्ने तयारी गहेको जानकारी दिए ।

मोरङबाट ८० हजार देखि ८५ हजार सम्म, सुनसरीबाट ३० देखि ४० हजार सम्म, झापाबाट ३० देखि ४० हजार आउने आयोजकको अपेक्षा गरेको बुझिएको छ । त्यस्तै अन्य टाढाका जिल्लाहरुबाट ५ हजार, ६ हजार कार्यकर्ता आउने नेता बस्नेतको दाबी गरे । शुक्रबार नै टाढाका जिल्लाहरु तेह्रथुम संखुवासभा, ताप्लेजुङ, भोजपुर लगायतका कार्यकर्ता आईसकेको र केही आउने क्रममा रहेको नेता बस्नेतले जानकारी दिएका छन् ।

शनिबार हुने नेकपा ओली समुहको बिशाल सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, नेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल लगायत दर्जन बढी नेताले कार्यक्रममा सम्बोधन गर्नें छन् । यस सभालाई ओली समुहका नेताले आफ्नो शक्ति प्रर्दशन समेत भन्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया