भोजपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहका भोजपुर जिल्ला सचिव विमल खड्काले आफ्नो बरियताक्रम नमिलेको भन्दै पदवाट राजीनामा घोषणा गरेका छन्।

पूर्वमाओवादी खेमाका खड्का यसअघि २०७५ सालमानै सचिव रहेकोले अव पनि सोहि पदमा वस्नु उपयुक्त नहुने भन्दै रिक्त रहेको स्थानमा अन्य व्यक्तिलाई राख्नुपर्ने भन्दै सचिव पदमा नरहने घोषणा गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खड्काले “मेरो नाममा सामाजिक सञ्जालमा आएको बधाई २०७५ सालमै आएको हुँदा अब उपयुक्त नहोला, चाडै अर्को कामरेड मबाहेक सचिव हुनुहुनेछ” खड्काले लेखेका छन्, “हाम्रो कार्यालय सदस्य कमरेड शरण कुमार राई अध्यक्ष हुनुभएकोमा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु।’’ भनेका छन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबिच एकता भएपश्चात् जिल्लामा एमालेको तर्फबाट प्रेमकुमार राई अध्यक्ष र माओवादी केन्द्रको तर्फबाट विमल खड्का सचिव रहेका थिए। खड्का प्रदेश १ को सदस्यको समेत जिम्मेवारीमा थिए। पार्टी विभाजनपश्चात अध्यक्ष राई केपी ओली नेतृत्वको नेकपाको केन्द्रिय सदस्य भएका छन्।

आफू प्रदेश सदस्यको हैसियतमा रहेको र तत्कालका लागि जिल्लामा सचिवको हैसियतमा अन्य जिम्मेवार नेताहरु नै रहेकाले सचिव पद खड्काले अस्वीकार गरेका हुन्।यस अघि आज प्रचण्ड–माधव समुहले देशका ६८ जिल्लाका अध्यक्ष र सचिवको भागवण्डा मिलाएको थियो जसमा ३५ अध्यक्ष प्रचण्डको भागमा र ३३ माधवको भागमा परेका थिए ।

तपाईको प्रतिक्रिया