भोजपुर– प्रतिनिधी सभा विघटनको मुद्दालाई सर्वोच्च अदालतले गरेको बदर फैसलाको स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) षडानन्द नगर समितिले दीप प्रज्वलन गरेको छ । गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कार्यान्वयन गरिएको प्रतिनिधी सभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतले मंगलबार गरेको बदर फैसलालाई स्वागत गर्दै नेकपाले दिङ्लामा दिप प्रज्वलन तथा बधाई शुभकामना कार्यक्रम गरेको हो ।

जनताको न्यायलाई मर्न नदिई सर्वोच्चको बहुप्रतिक्षित न्यायिक फैसलाले प्रधानमन्त्री ओलीको सिफारिस असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भएको प्रमाणित भएको भन्दै संविधानमाथिको सांघातिक राजनीतिक आक्रमणको क्रममा पूर्णविराम लागेको कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

बुधबार भएको एक औपचारिक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय परिषद सदस्य राजन विक्रम राई, प्रदेश कमिटी सदस्य दिल कुमार राई साथै जिल्ला कमिटी सचिवालय, जिल्ला कमिटी सदस्यदेखि क्षेत्रिय कमिटी नगर कमिटीका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया