दाङ- दाङमा एक न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेल ब्राउनसुगरसहित पक्राउ परेकी हुन् ।

उनलाई जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका-५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले पक्राउको पुष्टि गरेको गरेका छन् । पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती हुन् । तुलसा श्रीमानसँग अंश लिई २०७३ सालदेखि अलग-अलग बस्दै आएको पारिवारिक स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया