सरकारसँग वार्ताको नेतृत्व नेत्रविक्रम चन्द विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गर्ने भएका छन्। सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा विप्लव नेकपा वार्तामा बस्ने भएको हो।

नेकपा विप्लव समूहको तर्फबाट प्रकाण्ड र उदय चलाउने दीपकको नेतृत्वमा वार्ता समिति आजै गठन हुने भएको छ। सरकारले वार्ताको वातावरण साँच्चिकै बनाएमा हाम्रोतर्फबाट प्रकाण्डले वार्ता टोलीको नेतृत्व गर्नुहुनेछ, एक नेताले भने,र हाम्रा तीन शर्त प्रतिबन्ध फुकुवा, वार्ताको औपचारिक पत्र र नेता कार्यकर्ता रिहा हुनुपर्छ।

सरकारले आजै मात्र गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। सरकारी वार्ता टोलीको संयोजकत्व बादल छन् भने सदस्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई रहेका छन्।

सरकारले आजै मात्र विप्लव समूहमाथि २ वर्षअगाडि लगाएको प्रतिबन्ध पनि फुकुवा गर्ने योजना रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया