दिंला,२७ फागुन- भोजपुरको षडानन्द नगरपालिका १ नेपालेडाँडा मा एक बृद्ध मृत फेला परेका छन् । स्थानिय ६४ बर्षिय केशव बस्नेत आज विहान आफ्नै घर नजिकको हलुवावेदको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

घरमा एक्लै वस्दै आएका वस्नेत विहान मन्दीर दर्शन गर्न गएका र फर्किएपछि झुण्डिएको अवस्थामा एक बालिकाले देखेपछि गाँउले भेला भएर हेर्दा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार वस्नेतले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

मृतकको शवलाई कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागि संखुवासभा जिल्ला हस्पिटल खाँदवारी पठाईएको ईलाका प्रहरी कार्यालय दिंलाका प्रमुख भाष्कर खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया