भोजपुर– नेपाल शिक्षक संघको दोस्रो तथा तेस्रो जिल्ला प्रतिनिधीसभा सम्पन्न भएको छ । शिक्षक संघ जिल्ला कार्य समितिको आयोजना तथा नेपाल शिक्षक संघ षडानन्द नगर कार्य समितिको प्रायोजनमा विहिवार भोजपुरको दिङ्लामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापती बालकृष्ण थापा, अरुण गाउँपालिकाका प्रमुख, उपप्रमुख, साथै धनकुटा, झापा जिल्लाका नेपाल शिक्षक महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघका प्रतिनिधी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष, षडानन्द शिक्षक महासंघका उपाध्यक्ष साथै विशेष अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । नेपाल शिक्षक संघ प्रदेश अध्यक्ष पुर्ण प्रसाद गौतमको प्रमुख आतिथ्य तथा षडानन्द नगरपालिकाका प्रमुख विरबल राईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

वक्ताहरुले नेपालको शैशिक क्षेत्रको उन्नती र गुणस्तर शिक्षाको निम्ति अझ संघर्ष गर्नुपर्ने र शैक्षिक क्षेत्रमा भएको विकृति र सुधार गर्नु पर्ने पक्षहरुको सुधार गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिनिधीसभाले नौ ओटै स्थानीय तह र जिल्ला कार्यसमितिबाट प्रस्तुत वार्षिक प्रतिवेदनमा वृहत छलफल, शिक्षकका पेशागत माग र समस्याहरुबारे छलफल, भावि लक्ष्य तथा कार्ययोजना तयारी, नेपाल शिक्षक संघमा रहि सेवा निवृत्त हुने अग्रग शिक्षकहरुलाई षडानन्द नगरपालिका नेपाल शिक्षक संघ तथा भोजपुर जिल्ला कार्य समितिबाट सम्मान कार्यक्रम राखिने जस्ता निर्णयहरु पारित गरेको नेपाल शिक्षक संघ षडानन्द नगर कार्य समितिका उपाध्यक्ष जित बहादुर न्यौपानेले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया