लाहान- सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ७ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भिर छ । घाइते भएकामा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।

घाइते ४ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र ३ जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको नेपाल प्रेसलाई बताएका छन् ।

‘म घटनास्थलतर्फ जाँदैछु । विस्तृत विवरण आउनेक्रममा छ । गम्भिर घाइतेलाई काठमाडौं पठाउन गृहमन्त्रालयसँग हेलिकप्टर मगाएका छौं । कार्यालयको मुख्य कागजात राखिएको कोठामा बम विस्फोट भएको छ । बम विस्फोटपछि कर्मचारी र सेवाग्राही त्रसित बनेका छन् ।

बम कसले विस्फोट गराएको विषयमा केही खुल्न सकेका छैन ।

तपाईको प्रतिक्रिया