भोजपुर– अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी खारेज भए संगै नेकपा एमाले ब्यूँतिएपनि नेकपा एमाले भित्रनै फरक फरक पार्टी कार्यलय उद्घाटन गरिरहेका छन् । आज भोजपुरको षडानन्द नगर कमिटीको माधव नेपाल पक्षले दिङ्लामा पार्टी कार्यलय उद्घाटन गरे संगै दुई पार्टी कार्यलय भएको छ ।

अदालतको फैसला आएसंगै नेकपा एमाले केपिओली पक्षधरहरुले २७ गते नै पार्टी कार्यलय उद्घाटन गरी पार्टीको बोर्ड राखेका थिए । दुबै पार्टीले हामी मुलधारका एमाले भनेर दावी गरिरहेका छन् ।

पार्टी कार्यलय उद्घाटन कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिव शरण कुमार राई प्रमुख अतिथी रहेका थिए । साथै पार्टी कार्यलय उद्घाटन कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी, नगर कमिटीका पदाधिकारी साथै विभिन्न जन बर्गिय संगठनका प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

पार्टी भित्र रहेका विकृति र निरङकुसता एकलौर्टी निर्णयको विरुद्ध लड्नको लागी देशैभर समानान्तर कमिटी गठन हुने भएकोले गलत प्रविद्र्धिको विरुद्ध सधैँ लड्न तयार हुनु पर्ने कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका जिल्ला सचिव शरण कुमार राईले बताए ।

तपाईको प्रतिक्रिया