दिंला- भोजपुरको उत्तरी षडानन्द नगरपालिका १ र ४ वडामा निर्माणधिन माथिल्लो चिर्खुवा जलविद्युत आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको छ । ४.७ मेघावाट क्षमताको विद्युत आयोजनाको निर्माण शुरुभएको १ बर्षमा ५० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी पीएस कन्सट्रक्सन प्रालि ले जनाएको छ ।

२ बर्ष अघिवाट निर्माण थालेको कम्पनीले १ बर्ष जनविद्युत आयोजना निर्माण स्थल सम्म सडक पुर्याउन मात्र लागेको जनाएको छ । सडक निमौण सकेर गत बर्ष वाट विद्युत आयोजनाको काम थालेको उल्लेख्य प्रगति गरेको दावि गरेको छ । निर्माण शुरु भएको १ बर्ष नवित्दै ईन्टेक र डिसेन्डरको ७५ प्रतिशत र पावर हाउसको १० प्रतिशत काम सम्पन्न भएको साईड ईन्चार्ज प्रभुराम कट्वालले खवरट्रवीटलाई जानकारी दिए ।

काम तिव्र गतिमा भईरहेको भएता पनि ताकिएको समय आगामी बर्षको मंसिर मसान्त सम्ममा निर्माण सम्पन्न गर्न नसकिने निर्माण कम्पनीले जनाएको छ । कोरोना भाईरसको कारण केहि महिना रोकिएको काम र बर्षातको को समयमा यातायातका साधन चल्न नसक्ने हुँदा काम तोकिएको समयमा सक्न गाह्रो परेको साईड ईन्चार्ज कट्वालले वताए ।

तपाईको प्रतिक्रिया