भोजपुर- भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष कप खेलकुद प्रतियोगिता तथा वृहत साँस्कृतिक कार्यक्रम चैत्र ८ गतेवाट सञ्चालन हुने भएको छ । प्रतियोगिता जाल्पा माध्यमिक विद्यालय, चौकीडाँडाको खेल मैदानमा आयोजना हुने साल्पासिलिछो गाउँपालिका खेलकुद विकाम समिति अध्यक्ष सुरज राईले जानकारी दिए ।

फाईल तस्वीर

प्रतियोगितामा अन्तरपालिका स्तरीय पुरुष भलिबल, अन्तरपालिका स्तरीय पुरुष डबल व्याडमिन्टन, साल्पासिलिछो गाउँपालिका अन्तर्गत अन्तर वडा स्तरीय महिला भलिबल, अन्तर वडा स्तरीय लोकनृत्य हुन साल्पासिलिछो गाउँपालिका खेलकुद विकाम समिति अध्यक्ष सुरज राईले जानकारी दिए ।

अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद १ लाखसहित पाँच वर्षे चाँदीको रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राईले जानकारी दिए । उपविजेताले नगद ७५ हजार र सेमिफाइनलमा प्रवेश गर्ने दुईवटा टिमले नगद ३०–३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

वडा स्तरीय महिला भलिबल विजेताले ४० हजारसहित चाँदीको रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ३० हजार र सेमिफाइनलमा प्रवेश गर्ने दुईवटा टिमले नगद २०–२० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पुरूष र महिला दुवै टिमका सर्वोत्कृष्ट खेलाडीले नगद ४ हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट लिफ्टर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट ब्लकरले पनि नगद २ हजारसहित ट्रफि र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा पुरुष डवल्स व्याडमिण्टन प्रतियोगिता पनि आयोजना हुने छ । प्रतियोगितामा प्रथमहुनेले ३० हजारसहित चाँदीको रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद २० हजार र सेमिफाइनलमा प्रवेश गर्ने दुईवटा टिमले नगद १०–१० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

लोकनृत्यतर्फ प्रथम हुनेले नगद १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले ५ हजार र सान्त्वना हुनेलाई ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए ।
उक्त कार्यक्रममा संगीतकार एंम गायक विनोद खम्बु, गायिका सुनिता थेगिम, गायक नविन राई र चलचित्रकर्मी भुवन तातिमको प्रस्तुती पनि रहनेछ ।

तपाईको प्रतिक्रिया