पाकिस्तानमा जारी नेशनल वुमन्स च्याम्पियनसिपमा नेपाली खेलाडीले ३० गोल हानेपछि मासा युनाइटेडले कराची डब्लुएफसीविरुद्ध ३५–० गोल अन्तरको जित हात पारेको छ।

आज भएको खेलमा नेपाली खेलाडीले गोलको वर्षात् गरेपछि मासाले प्रभावशाली जित हात पारेको हो। मासाको जितमा अनिता केसीले मात्रै १६ गोल गरिन्। त्यस्तै, सरु लिम्बु १० गोल, एन्जिला तुम्बापो २ गोल, गीता रानाले २ गोल गरिन्।

पाकिस्तानी खेलाडीले भने मात्र ५ गोल गरे। त्यसमा अरिबाले ३ तथा सामरोज सामरिन २ गोल गरिन्।

तपाईको प्रतिक्रिया