प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशाला जाने भएका छन्। ओली खेल्न नभएर दशरथ रंगशालामा जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जान लागेका हुन्।

आज उपाधिका लागि जारी प्रतियोगितामा गोल नै नगरी फाइनलमा पुगेको आयोजक नेपाल र पाहुना टोली बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जान लागेको बताए।

बेलुकी साढे पाँच बजेबाट शुरु हुने खेल हेर्न प्रधानमन्त्रीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने छन्। उनी खेल अवधिभर दशरथ रंगशालामा रहने भट्टराईले बताए।

तपाईको प्रतिक्रिया