दिंला, १७ चैत्र- भोजपुरको षडानन्द नगरपालिकाका शिक्षण संस्था वन्द नहुने भएकाछन् । नगरपालिकाले आज विहान अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै विद्यालय वन्द नगर्न निर्देशन दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो विज्ञप्ती निकाल्दै वायुमण्डलमा प्रदुषण वढेको भन्दै देशभरका विद्यालय ४ दिनकोलागि वन्द गर्न सुचित गरेको थियो । नगरपालिकाले आधिकारीक फेसवुक पेज मार्फत आज विहान सुचना प्रकाशन गर्दै विद्यालयहरु वन्द नगर्न सूचित गरेको छ ।

लामो समय लकडाउनका कारण विद्यालयहरु वन्द हुदा पठनपाठनमा असरपरे र  वायुमण्डलमा पनि त्यस्तो नकारात्मक असर नपरेको भन्दै सम्पूर्ण शिक्षण संस्था सुचारु गराउन भनिएको छ ।

तपाईको प्रतिक्रिया