भोजपुरको दुर्गम मानिने साल्पासिलिछो गाउँपालिका स्थानिय तहको संस्थागत क्षमता स्वमुल्याङकन नतिजा प्रकाशन गर्नेमा  जिल्लाकै पहिलो पालिका बनेको छ ।

संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय सिंहदरबारबाट आयोजित आ.र्व २०७६-७७ मा स्थानिय तहले गरेका कामको विषयमा १० वटा सुचक मार्फत क्षमता मापन गरि निकालिएको स्वमुल्याङकन नतिजा प्रकाशन गर्नेमा भोजपुरकै पहिलो पालिका बनेको संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका विज्ञ नारायण कोइरालाले बताए ।

स्थानिय तहको संस्थागत क्षमता स्वमुल्याङकनको नतिजा भने गाउँकार्यपालिका बैठकबाट अनुमोदन गरी सोमबार सार्वजनिक गरिएको थियो । गाउँपालिकाले १०० पुर्णाङकमा ६४.७५ प्रतिशत प्राप्त गरेको छ । कार्यक्रममा गापा प्रमुख महेश राई, उपाध्यक्ष धनमाया राई, निमित्त प्रमुख प्रसासकिय अधिकृत जगरनाथ प्रसाद शाह, वडाअध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले यसअघि देशभरका स्थानिय तहलाई चैत्रमसान्त सम्ममा नतिजा प्रकाश गर्न पत्रचार समेत गरिसकेको मन्त्रालयका शाखा अधिकृत बाबुनन्दन मेहताले जानकारी दिए । कार्यक्रमको सहजीकरण मन्त्रालयका  नारायण कोइराला र बाबुनन्दन मेहताले गर्नुभएको गापा कर्मचारी सरिता राईले जानकारी दिईन ।

तपाईको प्रतिक्रिया