मोरङ – प्रदेश १ का सामाजिक विकासमन्त्री उषाकला राईले अव नेपाली रक्सी निर्यात हुने वताएकी छिन् । बुधबार मन्त्रायलमा आयोजित पत्रकार सम्मेलनमा उनले कोदोको रक्सीलाई ब्राण्ड बनाउने घोषणा गर्दै निर्यातमा जोड दिएकी हुन् ।

स्थानीय उत्पादनहरुलाई प्रतिबन्ध लगाएर विदेशी ब्राण्ड उपभोग गर्ने नीति, नियममा सुधार ल्याउले उनको भनाइ थियो । ‘उत्पादनमा प्रतिबन्ध लगाइएको तर अत्यन्तै मुनाफा हुने गाँजालगायतका उत्पादनलाई वैधानिक बनाएर प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने, ‘स्थानीय उत्पादनहरुलाई प्रतिबन्ध लगाएकै कारण नेपाली युवाहरु बेरोजगार भएर खाँडी मुलुक पलायन हुन बाध्य भएका छन् ।’

ऋब आफ्नै उत्पादन, आफ्नै रोजगारीको नीतिमा अघि बढ्नुको विकल्प नभएको राईको भनाइ थियो । यसका लागि मुख्यमन्त्री शेरधन राई र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गर्दा सकारात्मक भएको उनले सुनाइन् ।

उनले तत्काल प्रदेश खेलकुद बोर्ड गठन गरेर जिल्ला-जिल्लामा जिल्लास्तरीय खेलकुद बोर्ड गठन गरेर खेल गतिविधि प्रदेशभरि सञ्चालन गर्ने बताइन् । मन्त्री राईले प्रदेशस्थित सम्पूर्ण अस्पताललाई ५०, मेची अस्पताललाई २ सय र धनकुटा अस्पताललाई १ सय शय्यामा बिस्तार र मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई भौतिक तथा मानव स्रोत साधन सम्पन्न बनाउने घोषणा गरिन् ।

उनले कोरोना महामारीको दोस्रो चरणको संक्रमण बढ्ने संभावनालाई दृष्टिगत गरी त्यसको नियन्त्रण र रोकथामका लागि आवश्यक सतर्कता अपनाउने बताइन् ।

तपाईको प्रतिक्रिया