संखुवासभा- राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष रोसन बस्नेतले एमालेलाई बिभाजन गर्न खोज्ने बिरुद्ध एकजुट भएर खवरदारी गर्न निर्देशन दिएका छन् । राष्ट्रिय युवा संघ संखुवासभाको विस्तारित बैठकलाई सम्वोधन गर्दै प्रमुख अतिथि रहेका वस्नेतले सो निर्देशन दिएका हुन् ।

बस्नेतले नेपालको कम्युनिस्ट आन्दोलनलाई बिभाजन गराउन खोज्ने, एमालेलाई बिभाजन गर्न खोज्नेका बिरुद्ध एकजुट भई खबरदारी गर्न निर्देशन दिए । बस्नेतले गाउँ गाउँ मा गएर अहिलेको ओली सरकारले समृद्ध नेपाल निर्माणको निमित्त गरेका राम्रा कामको प्रचार गर्न र बिकास बिरोधी तत्वहरुको भन्डाफोर गर्न पनि युवाहरुलाइ निर्देश दिए । माधब नेपाल र प्रचण्डहरुको अहिलेको यो रबैया राष्ट्रबादी शक्तिलाई कम्जोर पारि फेरि पनि देशमा अस्थिरता निम्त्याउने उनले दावि गरे ।

बैठकमा जिल्ला पार्टीका विभिन्न तहका पदाधिकारीहरु,युवा संघ के क सदस्यहरु, युवा संघ जिल्लाका १० वटै पालिकाका पदाधिकारीहरुको उपस्थित रहेको थियो । बैठकले यहि चैत्र २७ भित्र सबै पालिका कमिटी निर्माण गर्ने र बैशाख ४ गते बृहत जिल्ला भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

 

तपाईको प्रतिक्रिया