सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको वस पल्टिँदा १५ जना भन्दा बढी यात्रु घाइते भएका छन् । को १ ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

वस २० मिटरमाथिबाट पल्टिएको प्रहरीले जनाएको छ  । अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुर सहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको संखुवासभा प्रहरीले जनाएको छ ।

के कारण दुर्घटना भयो भन्ने जानकारी नआएको र दुुर्घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया