भोजपुर, २० चैत्र- नेकपा एमाले भोजपुरको पूर्ण वैठकले अधिवेसन आयोजक कमिटी चयन गरेको छ । दुई दिनसम्म सञ्चालन भएको वैठकले प्रेम कुमार राई संयोजक, मक्कर खड्का सह–संयोजक, किरण राई सचिव र धर्म किराँती सह–सचिव रहेको ५७५ सदस्यीय जिल्ला अधिवेसन कमिटी सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै आज भएको युवा संघको भेलाले कार्यसमिति समेत चयन गरेको छ। अध्यक्षमा ज्ञानेन्द्र राई, उपाध्यक्ष उत्तरराज खड्का, सचिवमा रविन थापा, सह–सचिव राजन श्रेष्ठ र कोषाध्यक्ष सरोज चाम्लिङ गरी ५५१ सदस्य युवा नेपालको गठन गरेको अध्यक्ष ज्ञानेन्द्र राईले जानकारी दिए । यस अघि अनेमा संघको समेत जिल्ला कमिटी गठन भइसकेको छ ।

एमालेका जिल्ला अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति एमालेका  प्रदेश १ सह इन्चार्ज तथा मुख्यमन्त्री शेरधन राई रहेका थिए ।

 

तपाईको प्रतिक्रिया