भोजपुर- भोजपुरमा नेकपा एमालेको भात्रृ संगठन राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी गठन भएको छ । ज्ञानेन्द्र राई अध्यक्ष रहेको ५ सय १ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रोसन वस्नेतले जानकारी दिए ।

कमिटीको उपाध्यक्षमा उत्तरराज खडका, सचिवमा रविन थापा, सह सचिवमा राजन श्रेष्ठ, कोषाध्यक्ष सरोज चाम्लिंग राई रहेका छा् । कार्यालय सदस्यको जिम्मेवारी सन्तोष बस्नेत, सुमन राई , मनोज राई , मनोज पाण्डे ,दिलिप राई र सिताराम गुरुङले पाएका छन् ।

प्रदेश कमिटी सहइन्चार्ज एवं मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्य, पार्टी प्रदेश कमिटी सचीव बिनोद ढकालको बिशेष उपस्तिथि साथै राष्ट्रीय युवा संघ नेपाल उपाध्यक्ष रोशन बस्नेत ,स्थाई कमिटि सदस्य सुजन राई को बिशेश आतिथ्यमा एवम पार्टी प्रदेश कमिटी सदस्यहरु ,पार्टि जिल्लाका पदाधिकारी राष्ट्रीय युवा संघ नेपालका केन्द्रीय सदस्यहरु, जिल्ला पार्टीका पदाधिकारीहरुको उपस्थितिमा कमिटीको चयन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया