काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने हुनुभएको छ । सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको छ ।

निश्चित क्राइटेरियाका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदज्यूहरुले सिफारिस गरेका सडकहरु छनौट भएका छन्,’ मन्त्रालयका सचिव श्रेष्ठले भन्नुभयो, ‘नेपालको सडक सञ्जालको क्षेत्रमा यी सडकहरुमा रणनीतिक महत्त्व छ । सबै ठाउँमा प्रधानमन्त्री पुग्न सम्भव नभएकोले एकै ठाउँबाट शिलान्यास गर्न लागिएको हो ।’

 

तपाईको प्रतिक्रिया