भोजपुर- नेपाल पत्रकार महासंघ भोजपुर शाखाको निर्वाचनबाट अध्यक्षमा एक्सन राई निर्वाचित भएका छन् ।  चित्राङ्गत चौलागाईलाई पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन।

राई प्रेस चौतारी माधव नेपाल समुह, प्रेस युनियन र प्रेस संगठनको साझा उम्मेदवार बनेका थिए भने चौलागाई प्रेस चौतारी ओली समुह र जनता समाजवादीका पत्रकार समुहका तर्फबाट उम्मेदवार बनेका थिए । प्यानल नै दुवै समुहले बनाएर उम्मेदवारी दिएका थिए । निर्वाचनबाट एक्सन राईको नेतृत्वको प्यानलले नै निर्वाचन जितेको हो । उपाध्यक्षमा सुरेन्द्र राई,महिला उपाध्यक्षमा मनिता राई, सचिवमा अर्जुन बस्नेत, सहसचिवमा प्रदिपचन्द्र राई, कोषाध्यक्षमा विवेक राई त्यस्तै समावेशी सह–सचिवमा थिरलाल विक विजयी भएका हुन ।

त्यसैगरी सदस्यमा अर्जुन राई, सौगात गौतम, गोकुल भुजेल र शारदा तामाङ विजयी भएका छन भने केन्द्रीय परिषद सदस्यमा ज्ञानेन्द्र खडका र बृद्धप्रसाद तामाङ विजयी भएका छन । प्रदेश परिषद सदस्यहरुमा राजीनकुमार राई ,सरस्वती तामाङ र सरिता राई विजयी भएका छन । समावेशी सदस्यहरुमा, गोकुल भुजेल र शारादा तामाङ निर्विरोध निर्वाचितत भएका हुन ।

तपाईको प्रतिक्रिया