भोजपुर,२६ चैत्र- भोजपुरमा मोवाईल पड्किएर एक महिला गम्भीर घाईते भएकी छिन् ।

सांकेतिक तस्विर

जिल्लाको उत्तरी षडानन्द नगरपालिका १० की ५३ बर्षीया सर्मिला तामाङ (राई) मोवाईल चार्जबाट झिक्ने क्रममा मोवाईल सर्ट भई पड्किदा घाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरीक्षक प्रदिप लामाले जानकारी दिए ।

सर्मिलाको दुबै हात र छातिको छाला, हड्डी, पिल्सिईएकोले छ । घाईते सर्मिलालाई उपचारको लागी धरान पठाईएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया