दिंला,२७ चैत्र- भोजपुरको षडानन्द नगरपालिका स्तरिय राष्ट्रपति रनिंग शिल्ड खेलकुद प्रतियोगिताको विजेता अरुण माध्यमिक विद्यालयका खेलाडीलाई सम्मान गरिएको छ । आज विद्यालयमा एक कार्यक्रम आयोजना गरि प्रतियोगितामा प्रथम हुन सफल विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

षडानन्द नगरपालिका ११ शारदा मावि झ्याउँपोखरीमा चैत्र २२ देखि २४ सम्म आयोजना गरिएको प्रतियोगितामा ९ स्वर्ण, १ रजत र २ कास्य सहित कूल १ सय ४४ अंक सहित प्रथम भएको थियो । त्यस्तै ४ स्वर्ण, ६ रजत र ६ कास्य सहित १ सय १९ अंक प्राप्त गर्दै शारदा मावि दोस्रो र ४ स्वर्ण, २ रजत र ३ कास्य सहित महेन्द्रोदय माविले वोया तेस्रो स्थान प्राप्त गरे । प्रतियोगितामा नगर भित्रका ७ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई अविर, रुद्राक्ष र फुलको माला, शिक्षण सामाग्री सहित सम्मान गरिएको हो । शिक्षक, विद्यार्थी लगायत कार्यक्रममा सहभागीले नारा सहित दिंला बजार परिक्रमा गरेका थिए ।

खेलाडी सम्मान कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु किसोर किराँत, मान वहादुर खत्री, पूर्व खेल शिक्षक चन्द्र वहादुर बस्नेत, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष किसोर किराँतले खेलकुद सामाग्री हस्तान्तरण गरेकाछन् । उनले विद्यालयको खेलक्षेत्रको विकास होस भन्दै एक सेट भलिवल र नेट विद्यालयलाई हस्तान्तरण गरेको वताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेश विष्टले शिक्षण सिकाईका साथै खेलकुद, गीत सँगीत लगायतका अतिरिक्त क्रियाकलापलाई पनि नियमित रुपमा प्राथमिकताका साथ सञ्चालन गरिने वताए ।

तपाईको प्रतिक्रिया