भोजपुर-भोजपुरको उत्तरी साल्पा सिलिछों गाउपालिकामा निर्माण हुने १५ मेगावाटको  ईर्खुवाखोला ‘क’ जलविद्युत आयोजनाको प्रारम्भीक वातावणीय परिक्षण सम्पन्न भएको छ । शनिवार औपचारिक कार्यक्रम आयोजना गरि निर्माण अनुमति पाएको ईष्टर्न हाइड्रोपावर प्रा.लि.ले निर्माण स्थल साल्पासिलिछो गाउपालिका वडा-५, तल्लोफेदीमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सो क्षेत्रका जनप्रतिनिधि संघ÷संस्थाकाप्रतिनिधि, स्थानिय बुद्धिजिवी, लगायतकोे उपस्थितीको रहेको थियो । कार्यक्रममा उपस्थितले आयोजनाले पार्ने वातावरणीय प्रभावका वारेमा जिज्ञासा राखेका थिए । वातावरण संरक्षण नियमावली २०७७ को (नियम ३ सँग सम्वन्धित अनुसुचि २) अनुसार १ देखि ५० मेगावाट सम्मका विद्युत आयोजनाको प्रारम्भीक वातावणीय परिक्षण गर्नुपर्ने भएकोले सो कार्यक्रम आयोजना गरिएको कन्सल्ट्यान्ट शंकर वस्यालले जानकारी दिए ।

ईर्खुवाखोला ‘क’जलविद्युत आयोजनाले स्थानिय स्तरमा रोजगारीका अवसरहरु सिर्जना गर्ने साथै केन्द्रिय प्रशारण लाईनमा ८८.८६ गिगावाट विद्युत प्रतिघण्टा आपुर्ति गर्ने ईष्टर्न ईनर्जि प्रालिले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया