भोजपुर–युवा संघ नेपालको षडानन्द नगर अध्यक्षमा लेखनाथ श्रेष्ठ निर्वाचित भएका छन् । देशभर नेकपा एमालेको माधव पक्ष र ओली पक्षले देशभर समानान्तर कमिटी गठन गर्दै माधव पक्षले षडानन्द नगरमा युवा संघको पनि कमिटी निर्माण गरेका छन् । श्रेष्ठको अध्यक्षतामा १ सय ३१ सदस्यीय कमिटी गठन भएको कमिटीका नवनिर्वाचित सह–सचिव रमेश श्रेष्ठले जानकारी दिए ।

कमिटीमा अध्यक्ष श्रेष्ठ, उपाध्यक्षमा भिम राई, अनोज श्रेष्ठ, मानकुमार तामाङ, महिला उपाध्यक्ष सुनिता राई, सचिव सन्जय तामाङ सह–सचिवमा सरोज तामाङ, रमेश श्रेष्ठ घामचन्द्र राई साथै कोषाध्यक्षमा सन्तोषी राई र चम्पा राई सर्वसहमत निर्वाचित भएका हुन ।

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा प्रदेश संसद राजेन्द्र कुमार राईले भने देशमा युवाहरु राजनितिमा अलमलिनु हुँदैन भन्ने चलनले युवाहरु राजनितिमा खुलेका छैनन् वास्तवमा अध्ययनरत तथा युवाहरुले राजनिति नबुजि नहुने र परिवर्तनका लागि युवाको भुमिका महत्वपुर्ण रहने बताए ।

परिवर्तनका निम्ति कुनैपनि समयमा आफ्नो नेतृत्वमा रहेको संघठन सधैँ दरिलो तरिकाले उभिने र सत्य र न्यायको पक्षमा रहने नवनिर्वाचित अध्यक्ष लेखनाथ श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे । नगर भित्र रहेका युवाहरुलाई भ्रम भित्र नपरी बिचार र एजेण्डा बुजेर गलत प्रचार, लोभ र भ्रमलाई चिर्दै सत्यको पक्षमा उभिन अध्यक्ष श्रेष्ठले अनुरोध गरे ।

कार्यक्रममा युवासंघ नेपालका केन्द्रिय कमिटीका, पार्टीका केन्द्रिय कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटकिा अध्यक्ष, सदस्यहरु, अनेरास्ववियूका जिल्ला अध्यक्ष साथै विभिन्न जनवर्गिय संघठनका पदाधिकारी साथै सदस्य संगै षडानन्द नगरपालिका क्षेत्र भित्रका लगभग ३ सय युवाहरुको उपस्थितिमा कार्यक्रम दिङ्लामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया