भोजपुर,२बैशाख- भोजपुरमा चट्याङ्ग लागेर एक वृद्धाको मृत्यु भएको छ । साँझ ५ बजेतिर परेको चट्याङ्गले लागेर षडानन्द नगरपालिका ८ की ७२ बर्षीया मनमाया राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।

असिना पानी सँगै परेकोचट्याङ्गले आफ्नै घरमा बसिरहेकी राईको टाउकोमा  लागेर घाईते भएकी थिईन । घाईते राईको उपचारको लागि मुलपानी स्वास्थ्य केन्द्र गौचरणमा लाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

मृतक राईको शवलाई कानुनी प्रक्रिया पुरा गरेर भोली जिल्ला अस्पताल खाँदवारी पठाईने प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया