भोजपुर-चौथो अन्तराष्ट्रिय आमन्त्रीत मेयर भोजपुर गोल्डकपमा आयोजकसँग सगरमाथा युथ क्लव मोरङ्गले लज्जास्पद हार बेहोरेको छ । आयोजक भोजपुरले सगरमाथा युथ क्लब मोरङ्गमाथि ४–० गोल अन्तरको रवाफिलो जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरेको हो ।

आक्रामक रुपमा प्रस्तुत भएको आयोजकको तर्फवाट पहिलो हाफको १७ औ मिनेटमा निशान लिम्बुले खाता खोलेका थिए । भोजपुरको तर्फबाट लगत्तै १८औ मिनेटमा विजय भुजेलले थप गोल गर्दै अग्रता दोव्वर वनाए । लगातारको गोलको वर्षालाई कायम राख्दै भोजपुरको तर्फबाट सुवास तामाङ्गले सगरमाथा युवा क्लव मोरङ्गको पोलमा थप गोल गरे । खेलको दोस्रो हाफको १६ औ मिनेटमा पुनः निशान लिम्बुले गोल गर्दै गोल अन्तरलाई फराकिलो बनाउदै जित सुनिश्चित गरे । सगरमाथा युवा कल्ब मोरङ्गले पाएको आधा दर्जन वढि अवसरलाई गोलमा परिणत गर्न नसक्दा स्तव्ध हुँदै प्रतियोगितावाट वाहिरिन वाध्य भयो ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता बैशाख ११ गते सम्म सञ्चालन हुने छ । स्थानिय भोजपुर टुडिखेलमा सञ्चालन भैरहेको खेलमा अन्तराष्ट्रिय टिम सहित ८ वटा टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले ५ लाख उपविजेताले ३ लाख रुपैया हात पार्नेछन् । मंगलवारको खेल अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन धनकुटा फुटबल कल्बको बीचमा हुनेछ ।

तपाईको प्रतिक्रिया