भोजपुर- अफ्रिकन रुट्स एशोसियसन क्यामरुन भोजपुरमा जारी भोजपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । खोटाङ्ग भगवती फुटबल कल्बलाई ३-० ले हराउदै अफ्रिकन रुट्स एशोसियसन क्यामरुन फाइनल प्रवेश गरेको हो ।

अफ्रिकन रुट्स एशोसियसन क्यामरुनका तर्फबाट पहिलो हाफको ३७ औ मिनेटमा सिएमबाकोपले उत्कृष्ट गोल गरेका थिए । पहिलो प्रतिष्पर्धात्मक अवस्थामा पहिलो हाफमा १ गोलले अग्रता लिएको अफ्रिकन रुट्स एशोसियसन क्यामरुनले दोस्रो हाफमा भने दवावमा राखेको थियो । दोस्रो हाफको ५८ औ मिनेटमा अफ्रिकन रुट्स एशोसियसन क्यामरुनका सिआबाकोपले गोल गरेका थिए । खेलको तेस्रो गोलपनि अफ्रिकन रुट्स एशोसियसन क्यामरुन सिआबाकोपले नै गरेका थिए । उनले ६२ औ मिनेटमा दोस्रो गोल गर्दै गोल अन्तरलाई बढाएका थिए । शुक्रबारको क्वाटरफाईनलको खेल आयोजक भोजपुर र गोर्खा व्वाइज रुपन्देहि बीच हुनेछ । शुक्रवारको विजेता संगको भेट अफ्रिकन रुट्स एशोसियसन क्यामरुन संग हुने भएको छ ।

जिल्लाकै शर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता बैशाख ११ गते सम्म सञ्चालन हुने छ । स्थानिय टुडिखेलमा सञ्चालन भैरहेको खेलमा अन्तराष्ट्रिय टिम सहित ८ वटा टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले ५ लाख नगद उपविजेताले ३ लाख रुपैया हात पार्नेछन् ।

तपाईको प्रतिक्रिया