नुवाकोटमा फाल्गुन २९ गते तामाङ कलाकारहरु जमघट हुदै

 

 

 

काठमाण्डौ  ।  “अनेकतामा एकता अाधुनिकतामा मौलिकता” भन्ने मुल नाराका साथ ल्हाई ब्योन म्हेन्दो माया किम्तुङ नुवाकोट आयोजनामा यहि फाल्गुन २९ गते विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुने भएको छ । थ्रि डि खेल मैदान त्रिशूली कोलनीमा हुन गईरहेको यस कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु एकैसाथ एउटै कार्यक्रममा जमघट हुने भएको छ । तामाङ समुदायको प्रतिनिधित्व गर्देै नेपाली गित संगित क्षेत्र र तामाङ जातीको सेलो गित साथै म्हेन्दो माया सेलो गितबाट चर्चामा रहेका विभिन्न कलाकारहरु यस कार्यक्रममा भेला हुने भएको हो ।

यस सांस्कृतिक कार्यक्रममा कलाकारहरु रोज मोक्तान , शशिकला मोक्तान , टिकामाया चोथेन , हेम वाईबा , एन्जेलिना वाईबा , एम आर सि सुशान्त , रोसन फुय्बा , बिसो पासा , चिजा लामा लगायत ल्हाई ब्योन ग्रुप विशेष आकर्षक प्रस्तुति समेत रहेनेछ ।  तामाङ जातिको भाषा , कला , संस्कृति , रितिरिवाजलाई जगेर्ना गर्ने हेतुले यस कार्यक्रमलाई आयोजना गरिएको आयोजक समितिले बताएको छ ।

कार्यक्रममा तामाङहरुको कला भाषा सम्बन्धित प्रस्तुतिलाई विशेष प्राथमिकता दिईनेछ । नव पिढिलाई समेत संस्कृतिको बारेमा जानकारी रहोस् भन्ने चाहाना कार्यक्रम आयोजकको रहेको छ । थ्रि डि खेल मैदान त्रिशूली कोलनीमा हुने यस कार्यक्रम बिहानको ११ बजेबाट सुरुवात हुने जानकारी समेत आयोजक समितिले दिएको छ ।
कार्यक्रमको बारेमा थप जानकारी