परिमार्जन सहित ‘कर्म’ को दोस्रो संस्करण बजारमा

काठमाडौं । पत्रकार दामोदर न्यौपानेद्वारा लिखित ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ पुस्तकको दोस्रो संस्करण प्रकाशित गरिएको छ । पुस्तक प्रकाशन भएको ६ महिनामै दोस्रो संस्करण प्रकाशित गरिएको हो ।

पुस्तकको दोस्रो संस्करण प्रकाशित हुनुको कारण वताउँदै  न्यौपानेले भने, ‘बालबालिकालाई समाजले चासो राखेको छ । सोही कारण पुस्तक सबैले मन पराए । ’ उनले पछिल्लो समयमा समाजले बालबालबालिकाको आवाज सुन्न र उनीहरुलाई बुझ्न थालेको पनि  बताए ।

पुस्तकमा पहिलो संस्करणमा देखिएका कमीकमजोरी सच्याईएको छ । ‘बालमैत्री समाज’ नयाँ अध्याय थप गरिएको छ । पुस्तकमा लगभग ६० पेज थपिएको लेखक तथा पत्रकार  न्यौपानेले जानकरी दिए ।

बालबालिकाको भए पनि अभिभावक र शिक्षकका लागि आफ्नो अनुभव, भ्रमण र प्रत्यक्ष भेटघाटका घटनाहरुलाई उनेर कर्म तयार पारिएको लेखक न्यौपानेले बताए ।

पहिलो संस्करण प्रकाशित भएको छोटो समयमानै  बजारमा  पुस्तक सकियो । त्यसपछि दोस्रो संस्करण प्रकाशित गर्ने तयारी भयो  न्यौपानेले भने, ‘दोस्रो संस्करणका लागि पुस्तक माघमै तयार भएको थियो तर छापिन ढिला भयो ।’

बालबालिकालाई लक्षित गरेर लेखिएको यो पुस्तक बालबालिकासँग सम्बन्धित रही सेवा गर्दै आएकाहरुको वृत्तमा बढी चर्चामा छ । विषय बालबालिकाको भए पनि अभिभावक र शिक्षकका लागि आफ्नो अनुभव, भ्रमण र प्रत्यक्ष भेटघाटका घटनाहरुलाई उनेर कर्म तयार पारिएको लेखक न्यौपानेले बताए । बालबालिका हेपिएका वर्ग भएको र तिनको स्वरलाई बुलन्द पार्न किताब लेखिएको न्यौपानेको भनाई छ ।  उक्त पुस्तक स्वदेश प्रकाशनले नै प्रकाशित गरेको हो ।

त्यस्तै पत्रकार न्यौपानेको ‘कर्म’ दोस्रो कृति हो । उनको पहिलो कृति ‘एम्बुसमा ६ बर्ष’ हो । शसस्त्र द्वन्द्वकालमा लेखिएको उक्त पुस्तक पत्रकारिताका विद्यार्थी र पत्रकारले रुचाएका छन् ।