कालोपत्रेले जोडिदै लेगुवा–भोजपुर (फोटो फिचर)

भोजपुर । लेगुवा– भोजपुर सडकमा कालोपत्रेको काम शुरु भएको छ । निर्माणधिन सडकमा कालोपत्रेको कामको सहित ६० प्रतिशत काम सकिएको छ । सडकको ४ किलोमिटरमा वेस हाल्ने काम सम्पन्न भएको छ, भने ३४ किलोमिटरमा सव वेस हालिएको लेगुवा–भोजपुर सडक आयोजनका प्रमुख विजय कुमार महतोले वताएका छन् ।
त्यस्तै सडक चौडा वनाउने, कलभट राख्ने, कजओए वनाउने लगायतको काम भईरहेको छ । सडकको ६५ दशमलव ५ किलोमिटर कुल लम्वाई मध्ये अव १० किलोमिटर मात्र चौडाइको काम वाँकी रहको प्रमुख महतोले जानकारी दिए ।
जरायोटारको सिम्टारबाट लेगुवा तर्फ १० किलो मिटर दुरीमा वेस हाल्ने काम भईरहेको छ । सडक निर्माणको पहिलो सम्झौता मिति सकिन २ महिना वाँकी भए पनि भारतीय नाकावन्दी र भुकम्पको कारण पुनः ८ महिना समय थपिएको थियो ।

थप भएको मिति अनुसार कम्पनीले २०७४ साल माघ १ गते सडकको सम्पुर्ण काम सक्नु पर्नेछ । निर्माण कम्पनीले वर्षातको समय शुरु भएकोले काममा केहि समस्या भएको जनाएको छ । तर वन्द हडताल लगायतले अवरोध नगरेमा तोकिएकै समयमा काम सक्ने निर्माण कम्पनीका जानकारी दिए ।