भोजपुर । खोटाङ्ग र भोजपुरको सिमानमा बैशाख १ गतेबाट शुरु भएको मैयुङ हाँसपोखरी महोत्सवको मुख्य आकर्षका लाली गुराँस र हाँसपोखरी बनेका छन् । पर्यटन प्रवद्र्धनको लागि वैशाख १, २ र ३ गते आयोजना गरिएको महोत्सवमा हजारौको संख्यामा अवलोकनको लागि महोत्सवमा स्थलमा दर्शक पुगेका थिए ।
महोत्सवमा परम्परागत सीपको प्रदर्शन, भोजपुरको टुँडिखेलबाट स्काइ रनिङ म्याराथुन, राष्ट्रिय तथा स्थानीय कविबाट खुल्ला कविता वाचन तथा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रम भइरहेको तिम्मा सरोकार समाजका सचिव श्याम साङसोङले जानकारी दिए ।
“मैयुुङ क्षेत्रका जैविक विविधताको संरक्षण गरौं”, “मैयुुङ लालीगुराँस पदमार्गको घोषणा गरौँ”, “भिलेज टुरिजमको लागि होमस्टे सञ्चालन गरौँ” भन्ने तीनबुँदे घोषणापत्र यसअघि सार्वजनिक गरिएको थियो । तस्विरः तिलाचन तामाङ र चन्द्र तामाङ