काठमाडौं । तपाई वाइन त पक्कै पिउनु हुन्न होला । कोही त पक्कै पिउनु हुन्छ । तर तपाईलाई थाहा नहुन सक्छ कि तपाईले पिउने वाइन के के पदार्थ मिलेर बनेको हुन्छ ।
यस्तैमा हालै एउटा रहस्य खुलेको छ । त्यो हो क्युवामा बनेको विश्व चर्चित घरेलु वाइनमा परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग हुने बारेमा । ‘लाइभ साइन्स’ जर्नलमा प्रकाशित समाचार अनुसार उक्त वाइन बनाउन कण्डमको प्रयोग गरिन्छ । वाइन महंगो बने पनि वाइन बनाउने विधि भने सस्तो र सजिलो छ ।
उक्त वाइनलाई २७ सय नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ । एसोसियट प्रेसका अनुसार क्युवाका प्रख्यात घरेलु वाइनमेकर ओरेस्टेस एस्तेबेजले सैयौं वाइन भर्ने सिसाका भाँडाको बिर्कोमा कण्डमले ढाकेर राखेको उल्लेख गरेका छन् ।
एस्तेबेजका अनुसार जब वाइन तयार हुन्छ, त्यसलाई कण्डमले ढाकेर राखिन्छ । वाइनमा अंगुरको रसमा कार्वनडाइअक्साइड मिसाएपछि फिँज बन्छ र त्यसपछि कण्डमले ढाकेर राखिन्छ ।
किनभने कण्डमले कार्वनडाइअक्साइडलाई नियन्त्रण गरीदिन्छ । (एजेन्सी)