संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालीका–४ स्याक्सीला गोलामा बरुण नदीबाट आएको बाढीले अरुण नदी थुनिएर ताल बनेपछि नदी किनारका वस्तीहरु आतंकितबनेका छन् । हिजो दिउँसो ४ बजेतिर बाढी संगै बरुण नदीका आसपासका विभिन्न स्थानहरु पहिरो झरेपछि बरुण नदीबाट आएको ढुंगा, गिटि, बोटविरुवाले अरुण नदी छेकेपछि नदीमातालबनेको हो ।
अरुण नदीमाबनेको बाँधकरिब एक सय मिटर मोटाई रहेको र पानीको बहाब समतल भुभाग हुँदै बहेकाले बाँध तत्काल फुट्ने सम्भावना कम रहेको हेलिकप्टर माफर्त सो क्षेत्रमा पुगेका नेपाल पत्रकार महासंघ संखुवासभाकाअध्यक्ष इन्द्र गिरीले बताए । नदीथुनिएर बनेको तालकरिब १ किलोमिटर लामो रहेको छ ।
बाढीले ताल ननिकै रहेको बरुण बजारका ३ घरमाक्षति पु¥याएको र त्यसले सिंगो बस्ती उच्चजोखिमा रहेको छ । स्याङ्ला रिक्षिनभोटे, छेच्याभोटे र छिन्डुम भोटेको घरमा क्षति पु¥याएको हो । उच्चजोखिममा रहेको १० परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । विस्थापितहरुलाई तत्काल राहत समेत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
आजै गृहमन्त्रालयकातर्फ आएको प्रारम्भिक टोलीले हेलिकप्टरबाट त्यस क्षेत्रको अनुगमन गरेको छ । टोलीमा खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का, स्वास्थ्य राज्यमन्त्रितारामान गुरुङ, गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भुगर्भविद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेना लगायतका प्रतिनिधिले स्थलगत अनुगमन गरेका छन् ।
फाेटाेः दिपेन्द्र शाक्य