भोजपुर । महिलाले पुरुषसंग विवाह गरेर पराई घरमा जब वुहारी भएर भित्रिन्छिन् । तब घरगृहस्थीको बन्धनमा बाधिन्छिन् । उनीका लागी बाँकी जिवन कैदीबन्दी जस्तै हो । वि.सं. २०६० सालमा विवाह हुदा भोजपुर नगरपालिकाकी लीलामाया तामा¨लाई मनसपटालमा यहि कुराले डेरा जमायो । जतिबेला १८ बर्ष मात्र पुगेकी थिइन् । चुलाचौकामा सिमित बन्नुपर्ने डरले केहीसमय माइती बसिन्, खोटाङ्ग जिल्लाको नुनथलामा ।
परिवारको खटनमा बस्नुपर्ने भयले मनभित्र भत्भती पोल्थ्यो । उनको भाग्य या त कुनै जादु, सासु गोमादेवी तामाङ्ग र पति शुरेसकुमार तामाङ्ग भगवान् सावित भइदिए । फलतः हिंसा, शोषणमा परेका महिलाका लागी उनी भगवान् सरह स्थापित भएकी छिन् ।
विहान उठेदेखी राती अबेरसम्म महिला मैत्री कार्यक्रममा ब्यस्त हुन्छिन् । महिलामाथि गरिने घरेलु हिंसा, शारीरीक, मानसिक तथा यौनजन्य सिकार भएका दुर्गमका महिला उनको साथ माग्न घरैमा आउछन् । न्यायिक निकायमा पिडितलाई पु¥याउनु, न्याय दिालाउनु, जनचेतना जगाउनु उनको दैनिकि नै हो । ढेडबर्ष अघि २ दिनकी सुत्केरीलाई १ सय २० दिन घरैमा पालिन् । विद्यालयमा पढ्दा असुरक्षित यौनसम्पर्क भएर माइतीमा बच्चा जन्माएकी महिलाका प्रेमी विदेश भागेका थिए । घरमा जिम्मा लगाउदा २ दिनकी सुत्केरी लेखेटिइन् । तामाङ्गको शरणमा माग्दै आइपुगिन् । एम्बेसीकहाँ पुगेर भागेका सम्पर्कविहिन पतिलाई कानुनी कठघरामा ल्याई पत्नि र सन्तानको पारिवारिक ग्यारेन्टी गराएर छाडिन् । कुनै हिसावकिताव गरिनन् ।
यसरी हिंसामा परेका दर्जनौ महिलालाई सदरमुकाममा मजदुरीको अवसर दिलाएकी छिन् । उनीहरु मजदुरी गरेर पेट पाल्दै न्यायका लागी संघर्ष गरिरहेका छन्, लीलामायाले साथ दिदै आएकी छिन् । महिलाअधिकारवादी संस्थाकी तलबी कर्मचारी होइनन् । तथापी परिवारलाई दोस्रो प्राथमिकतामा राखेर सामाजिक काममा तल्लिन छिन् । उनी एकछोरा र एकछोरीकी आमा हुन् । छोरी १२ बर्षका शुसिल तामा¨ र छोरी ७ बर्षकी पुर्णिमा तामा¨ । पारिवारिक जिम्मेवारी सासु र पतिले सम्हालेका छन् । होटल व्यवसाय गर्छन् ।
विवाह गरेर आएको बर्ष उही होटलमा पतिको कुटपिटबाट थंगथिलो भएकी एक महिला काम खोज्दै आएकी थिइन् । खानका लागी छाक र बस्नका लागी बाँस दिनु भन्दै रोइकराई गरेर आएकी उनै महिला वुहारी बनेर आएकी लीलामायाका लागी समाजसेवामा समर्पित गराउने मुख्य पात्र थिइन् । उनको दुः ख, पिडा र संघर्षबाट महिला अधिकारका क्षेत्रमा वकालत उर्जा दिएको थियो । विभिन्न महिलासंघसंगठनमा आबद्ध छिन् । प्रहरीसंग आवद्ध सामुदायिक सेवा केन्द्रकी अध्यक्ष हुन् । महिला मुद्धाकेन्द्रित रहेर पैरवी गर्छन् । सामुदायिक सेवा केन्द्रमा ३ बर्षयता संगठित भएदेखी सामाजिक व्यस्ततामा अझ बढेको छ । दैनिक ५ वटासम्म उजुरी आउछन् । पिडितहरु धुरुधुरु रुदै घरैमा आइपुग्छन् । राती अबेरसम्म बत्ती बालेर पिडित र पिडकलाई मिलाउछिन् । कतिपय पिडित सदरमुकाममा आइपुग्न सक्दैनन् । आफ्नै फोनखर्चमा मुद्धा मिलाउनुपर्छ । ‘रोइकराई गर्छन्, मनले धरै दिदैन्,’ उनले भनिन् ।
उत्पिडन, दमन, शोषणमा परेका महिला, सज्जन, शुभेच्छुकका लागी आखाँको नानी बनेकी छिन् । सदरमुकामदेखी दुर्गमसम्म उनको योगदानको कदर छ । थुपै्र सम्मान र प्रशसां पाएकी छिन् । शुन्यको स्थानबाट समाजसेवीको स्थापीत हुन पाएकोमा गर्व लाग्छ उनलाई । माइतीमा हुदा साथीका डायरीमा अटो भर्दा रुची समाजसेवा भनेर भरेको हिजै जस्तो लाग्छ उनलाई । आज समाजसेवामै जिन्दगी सुम्पिएकी छिन् । ‘खोटा¨मा जन्मिएकी चेलीले भोजपुर तहल्का मच्चाएकी छिन्,’ भन्दै अग्रज र शिक्षकले अचानक माइतीगाउ पुगेका बेला विगत सम्झाइदिदा उनका आँखामा हर्षका आशु झर्छन् । पुरुषप्रधान समाजमा स्वतन्त्रताका साथ सामाजिक सेवामा समर्पित हुन पाउनुका पछाडी परिवारको गुन अपुरणीय छन् । ‘विवाह गरेपछि मेरो जिन्दगी सकियो लागेको थियो, आज बलेर आएको छ, सेवामा समर्पित हुन पाएको छु, मेरा जिवनसंगी, सासुआमा र नानीहरु भगवान हुन्,’ पाइला–पाइलामा अमुल्य भएकैले सेवामा रमाउन पाएको बताइन् ।
समाजसेवाबाट सन्तुष्ट भएपनि परिवारलाई समय दिन नसकेकोमा दुःख व्यक्त गर्छिन् । छोराछोरीसंग आमाको भुमिका निभाउन नसक्दा उनीहरुको भविश्य धरापमा पर्ने होकी भन्ने डरले बेलाबेला सताउछ । अधिकारकर्मीले सबै खालका अवस्थामा घुलमिल हुनुपर्दा पछिल्लो समय पारिवारिक दरार बढ्दै गएका थुप्रै उदाहरण बाहिर आउछन् । सामाजिक संरचनाले परिवारको साथ हुदाहुदै आफ्नै पनि उही हालत हुने होकी भन्ने चिन्ता हुन्छ । यद्यपी उनका सासु र पतिले नडराई आफ्नो बाटोमा लाग्न प्रेरित गर्छन् । साहस दिन्छन् । कुनै रोकटोक छैन । तैपनि पारिवारिक जिम्मेवारी सम्हाल्न अनेक उपाय खोज्छिन् । समाजमा महिलाको दयनिय स्थितीले समाजसेवाको नसामा डुविहाल्छिन् । महिलाअधिकारकर्मी भएका हैसियतले महिला, बालबालिकाका मुद्धाले दैनिक उत्तरदायीत्व बढिरहेको छ । ३१ बर्षकी तामा¨ले कानुन पढेर यसैमा जिवन व्यतित गर्ने अठोट राखेकी छिन् ।