काठमाडौं । नेकपा (एमाले)ले १० बर्षमा नेपालीहरुको प्रतिव्यक्ति आय १०,००० अमेरिकी डलर पुर्याउने योजनासहित घोषण पत्र तयार भएको बताएका छन् ।
केन्द्रीय प्रचार विभागद्धारा एमाले पार्टी कार्यलय धुम्बाराहीमा बिहिबार आयोजित स्थानीय तहको निर्वाचनमा पत्रकार परिचालन सम्बधि भेलामा एमालेका उपाध्यक्ष तथा एमालेको स्थानीय निर्वाचन घोषणापत्र निर्माण समितिका संयोजक बामदेव गौतमल वामदेव गौतम १० बर्ष १०,००० हजार अमेरिकी डलर प्रतिव्यक्ति आय पु¥याउने योजना सहितको घोषणा पत्र तयार भइसकेको बताएका हुन ।
उनले नेपालमा रहेको युरेनियम, फलाम खानी, हाइड्रो, ग्यास, बायु उर्जा लगायतको क्षेत्रमा केही वर्षकै लगानीमा प्रतिफल दिने बताउँदै त्यही अनुसारको घोषणा पत्र तयार भएको बताए । नेपालले भारतलाई केही बर्षमै दुई गुणाले आर्थिक बृद्धिमा पछाडि पार्नेछौँ, उनले भने ।
यसैगरि उनले हरेक स्थानीय तहमा व्यवस्थित बस्ती विकास गर्ने योजना रहेको बताए । ‘हरेक गाउँपालिकाको मध्य भागमा स्याटेलाइट शहर र त्यसको वरपर अन्य व्यवस्थित शहर निर्माण गर्ने योजाना सहितको घोषणापत्र तयार गरेको छौँ, उनले भने ‘आवास क्षेत्र जानका लागि २ लेन र बजार क्षेत्र जान ४ लेनको सडक, मुख्य शहर जान ६ लेनको सडक हुनेछ’
त्यस्तै घोषणापत्रमा हरेक गाउँपालिकाको केन्द्रमा एउटा कलेज र प्रत्येक वडामा न्यूनतम एउटा माध्यमिक विद्यालय, प्रत्येक टोलमा प्रावि स्कुल रहने विषय पनि घोषणापत्रमा रहेको गौतमले जानकारी दिए । प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल, प्रत्येक क्षेत्रमा एउटा औद्योगिक क्षेत्र, प्रत्येक आधा घण्टाको बीचमा उद्यान निर्माण गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ ।गौतमले घोषणापत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेको पनि जानकारी दिदैँ घोषणा पत्र उत्साह पुर्ण रहेको जानकारी दिए ।