काठमाडौँ । सिटिभी मोबाइल ‘मिस राई–२०१७’को उपाधि एलिशा राईले जितेकी छिन् । काठमाडौको जमल स्थित ‘राष्ट्रिय नाचघर’मा भएको फाइनल कार्यक्रममा ११ प्रतिस्पर्धीलाई उछिन्दै एलिसाले यस वर्षको मिस राई ताज पहिरिएकी हुन् ।
कार्यक्रमका प्रमुख निर्णायक रिनेशा राईले सोधेको ‘आज यदि भगवान् सँग बरदान माग्नु पर्यो भने के माग्नु हुन्छ र किनः ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै एलिशा राईले उपाधि जितिन् । पाचौ संस्करणकी विजेता एलिशाले ताज, ट्रफी र यामाहाको फेसिनो स्कुटर समेत पाइन् । उनलाई मिस राई २०१६की विजेता एलिसा रार्इले ताज पहिर्याइदिइन् ।
त्यस्तै इसारा राई फष्ट रनरअपको ताज आफ्नो शिरमा पार्न सफल भइन् । भने अस्मिता राईले सेकेन्ड रनरअप र रोजि राईले थर्ड रनरअपको उपाधि जितिन् ।
प्रतियोगितमा चर्चित कोरियोग्राफर रिनेशा राई, समाजसेवी दिपिप रुङमाङ, विजनेशम्यान निराजन सिंह, गायिका पार्वती राई, गायक अशोक मुकारुङले निर्णायक रहेका थिए । कार्यक्रमको व्यवस्थापन प्राज्ञ सङ्गीतकार शान्तीराम राई र युवा विजनेशम्यान अलाइभ ग्लाइडरले गरेका थिए ।
विजेताहरुलाई ताज, ट्रफी, प्रमाणपत्र आयोजक संस्थाका अध्यक्ष अर्पन राई, जजहरु, प्राज्ञ सङ्गीतकार शान्तीराम राई र युवा विजनेशम्यान अलाइभ ग्लाइडर लगायतले वितरण गरेका थिए । सिटिभी मोबाइल ‘मिस राई–२०१७’ कोरियोग्राफ किरात बीन्द्रले गरेका थिए ।
प्रतियोगिता किरात राई मौलिक कला संस्कृति केन्द्रले किरात समुदायका युवतीहरुको किरात मौलिक संस्कृति सम्बन्धी अध्ययन तथा क्षमता अभिवृद्वि, व्यक्तित्व विकास गर्नका लागी आयोजना गरिदै आएको छ ।
कार्यक्रम चर्चित गायक राजेश पायल राई, रुपकुमार राई, पार्वती राई, सन्तोष दुमी राई, विक्रम राई, देबेश राई लगायतले सांगतिक प्रस्तुति दिएका थिए ।
‘मिस राई–२०१७’को सब टाइटलहरु
मिस राई–२०१७ः एलिसा रार्इ
फस्ट रर्नर अप: इशारा राई
सेकेण्ड रर्नर अपः अस्मिता रार्इ
थर्ड रनरअप: रोजि राई
मिस ट्यालेन्टः शर्मिला राईले
बेस्ट फोटोजेनिक र भिवर च्वाइज अवार्डः रजनी राई
बेस्ट फ्रेण्डशिपः एलिशा राई
बेस्ट स्माइलः एलिना राई
बेस्ट वल्कः अस्मिता राई
मोस्ट पंचुआलिटि ः कमला राई
बेस्ट डिसिप्लेनः संगीता राई
बेस्ट कल्चर र ड्रेसः प्रतिमा राई
बेस्ट हेयरः रेश्मा राई
बेस्ट फिगरः रोजी राई
बेस्ट पर्सानालिटिः इशारा राई
मिस पपुलरः सम्झना राई
नयाँपेज