काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यको पहिलो उपन्यास कृति ‘हरिबहादुर आउने भएको छ । संस्मरण संग्रह ‘चिना हराएको मान्छे(को सफलतापछि ‘हरिबहादुर( आउन लागेको हो । आगामी शनिबार हास्यकलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको डबली उपन्यास हरिबहादुर लोकार्पण हुने भएको हो ।
हरिवंश आचार्यले धेरै व्यक्तिले उपन्यास लेख्न घचघच्याएपछि उपन्यास लेख्न तम्सेको बताए । ‘चिना हराएको मान्छे( लेख्दा मैले विषयबारे सोच्न परेको थिएन । आफूले जिन्दगीमा भोगेका घटनालाई रमाइलो पाराले लेखिदिँदा भएको थियो(, उपन्यास लेखनप्रक्रियाबारे उनले उनले भने, ‘तर, उपन्यास लेख्छु भन्ने योजना बनाएपछि धेरै सोच्नु परेको थियो । अन्ततः मदनबहादुर हरिबहादुर टेलिशृंखलाको आफैंलाई मनपर्ने पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर पात्रप्रधान उपन्यास बनाउने निर्णय गरेँ ।
उपन्यास यसका मुख्य पात्र हरिबहादुरको बाल्यकाल, पारिवारिक एवम् सामाजिक जीवन र उसको उत्थान तथा पतन वरिपरी घुमेको उपन्यासको पाण्डुलिपि पढेका साहित्यकार रवीन्द्र समीरले बताए । उनले तात्कालीन राजनीतिले हरिबहादुरलाई कसरी प्रयोग गर्यो तथा हरिबहादुरले द्वन्द्वकालीन राजनीतिलाई कसरी प्रयोग गरे भन्ने परिवेशमा उपन्यास केन्द्रित भएको बताए ।
मुख्य पात्र आफूलाई संसारको सबैभन्दा बाठो ठान्छ तर जहाँ पाइला टेके पनि दस बल्ड्याङ खान पुग्छ । नकच्चरो, थेच्चरो, काइते, बदमास, भडुवा, स्वाँठ, आवाराजस्ता लक्षणले युक्त हरिबहादुरको क्रियाकलाप व्यक्तिगत भएर पनि सामाजिक(राजनीतिकजस्ता लाग्छन् । सहरमा, गाउँमा, राजनीतिमा उसले गर्ने बिठ्याइँ(चतुर्याइँ, जाल र झेल, कल्पना र बिलौना यस्ता लाग्छन् ‘समकालीन राजनीतिमा झैं उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो ।
फाइन प्रिन्टले प्रकाशन गरेको उपन्यास ‘हरिबहादुर( स्थानीय चुनावको मुखमा सार्वजनिक हुन लागेकोले अक्षम, अयोग्य व्यक्तिहरू कसरी जालझेल गरी चुनाव जितेर सत्तामा पुग्छन् भन्ने कुराको सटिक चित्रण गरेको छ । हास्य र व्यंयको पुटले भरिएको ‘हरिबहादुरले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका प्रहसनले दिने जत्तिको मनोरञ्जन दिने प्रकाशकको दाबी छ । पुस्तकको मूल्य तीन सय ९८ रुपैयाँ तोकिएको छ ।