प्रधानन्यायाधीश शुशिला कार्कीको निलम्बन फुकुवा

काठमाण्डौ । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ । साथै कार्कीलाई यथावत रुपमा आफ्नो पदमा काम गर्न दिन समेत भनेको छ ।

महाअभियोग विरुद्ध दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले संविधानको मर्म र भावना अनुसार महाअभियोग नआएको बताएको छ । सुविधा सन्तुलनका आधारमा रिटको टुंगो नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।