भोजपुरमा छात्रवृत्ति रकम निकासा

भोजपुर । भोजपुरमा छात्रवृत्तिको रकम निकासा भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरले सो शीर्षकमा १ करोड १ लाख ८६ हजार ६ सय निकासा गरेको जनाएको छ ।

जिल्लाभरका ३ सय ८६ सामुदायिक विद्यालयका छात्रा, दलित, आपाङ, जेहेनदार, सिमान्तकृतलगायतका विद्यार्थीलाई छात्रावृत्ति वितरण गर्न सो रकम निकासा गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कक्षा १–८ का सबै छात्रा एवं दलित छात्रालाई ४ सय र ९– १० कक्षालाई ५ सयका दरले छात्रावृति दिइनेछ । त्यस्तै, कक्षा ९–१० का जिल्लाभरका ९ सय विद्यार्थीलाई १ हजार ७ सयका दरले छात्रवृत्ति दिइनेछ । प्रतिविद्यार्थी १ हजारका दरले पाउने अपांगता भत्ता २ सय ९० जनाले पाउनेछन् ।

छात्रवृत्ति वितरणमा नियमविपरीत गर्ने विद्यालयलाई कारबाही हुने जिशिकाले जनाएको छ । छात्रवृत्ति वितरणको अनुगमन गर्न शिक्षक अभिभावक संघ, व्यवस्थापन समिति र स्रोत व्यक्तिहरूलाई निर्देशन दिएको छ ।