गुगल बुस्ट गरेर गित चर्चित बनाउनु असहनिय कार्य हो – दर्पण राई

भोजपुर । नेपाली गीत संगीतको क्षेत्र विज्ञान र प्रविधिको विकाससगैँ विकसित भएको छ । तर नेपाली गित संगितमा हाल आएर यु–टुबको भिअर्सको आधारमा लोकप्रियता मान्न थालेपछि राम्रो गितहरु अोझेलमा परिरहेको छ । नेपाली दर्शक स्रोताको मनछुने गितहरु अोझेलमा पर्नु भनेको स्रोताको आकांक्षालाई नबुझ्नु हो ।

वर्तमान समयमा राम्रो गितलाई पछाडि पारेर गुगल बुस्ट गरेर नराम्रो गितलाई हिट भएको ठान्दा राम्रो सिर्जनाहरुको अवस्था नाजुक भएको छ । कुनै समयमा नारायण गोपालका गितहरु सर्वाधिक चर्चित गित मानिन्थ्यो जनुबेला यु -टुबको भिअर्सको आधारमा हुदैन थियो । अनि टेलिभिजन र एफएम रेडियोहरुमा धेरै प्रसारण तथा बज्ने गीतलाई हिट मानिन्थ्यो । तर, हिजोआज यु–टुबको चलन बढेपछि भिअर्स हेर्न थालिएको छ । यहाँ जुन भिडियोको यु–ट्युबमा बढी भिअर्स हुन्छ, त्यही गीतलाई ‘हिट’ मान्न थालिएको छ ।
यसरी यु–ट्युब भिअर्सलाई हिट भिडियो वा गीतका रुपमा लिन थालिएपछि कलाकारमा ‘बुस्ट’ संस्कार बढ्दै गएको छ । भिडियोमा यु–ट्युबमा अपलोड गरेपछि ‘गुगल बुस्ट’ गर्ने र रातारात भिअर्स बढाउने एक किसिमको होडबाजी नै चल्न थालेका छ । तर, यसरी बुस्ट गरेर भिअर्स बढाउँदा नराम्रा सिर्जनाहरुले पनि भिअर्स तथा फलोअर्स पाएको हुन्छ । यस्तो प्रवृतिले भिअर्सलाई आधार मानेर ‘हिट’ भन्नाले यहाँ राम्रा सिर्जनाहरु ओझेलमा पर्ने गरेको मोडल तथा गीतकार दर्पण राई बताउँछन् ।
उनले भने जस्तै भिअर्सको आधारमा गित हिट बन्दै जाने हो भने राष्ट्रियस्तरका कलाकारहरु विस्थापित हुने सम्भावना प्रवल छ । जसले मेहनत गरेर नेपाली गित संगितमा काम गरिरहेका छन् ती व्यक्तिहरु अोझेल पर्न सक्नेछन् भन्दा दुईमत नहोला । नेपाली संस्कार र संस्कृतीमा आधारित गितहरु नराम्रो हुने हो भने नेपाली गित संगितको क्षेत्र सिमित समयको लागि मात्र रहने सम्भावना छ ।
‘तिम्ले बाटो फेरेयौ अरे’ जस्ता हिट गीतका गीतकार दर्पण राई बताउछन् “गुगलमा बुस्ट गरेर आफ्नो भिडियो तथा गीतको भिअर्स बढाउँनेहरुले गर्दा स्तरिय गीत तथा भिडियोहरु मारमा पर्न थालेका छन् । यसले दुर्गामी असर पर्नेछ ” चर्चित मोडल तथा गितकार दर्पण राईको कुरा सुन्न तलको भिडियो हेरौ ।

https://youtu.be/mVtwgiBStVg