मनी चाम्लिङ्गको च्याब्रुङ्को तालमा नाचिन्छ

काठमाडौ । एक दशक अगाडि लिम्बु भाषाको एल्बम आल्ल पेगि एकल गायनमा निकालेर सङ्गीतिक पाइला चल्नुभएका सङ्गीतकर्मी मनी ताम्लिङ्ले त्यसपछि क्रमशः तिमीलाई इन मेमोरी र इफोर्ट गरी चार एल्बम पस्किसकेका छन् ।

त्यहीं चौंथो एल्बम् इफोर्टको हाक्पारे पालाम गाइन्छ, च्याब्रुङ्को तालमा नाचिन्छ, आम्बी धानै पो नाचिन्छ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सन्तोष आङ्देम्बेको शब्द, सङ्गीत रहेको यो गीतमा गायक मनी ताम्लिङ र सुमी लिबाङ्ले अभिनय गरेका छन् भने खगेन्द्र पन्धाक लिम्बुले निर्देशन, छायाङ्कन र सम्पादन गरेका छन् ।

गीतको अडियो ओपेरा इन्टर्टेन्मेन्ट्ले बजारमा ल्याएको हो र गीतको सङ्गीत संयोजन कुमार थापाले गरेका छन् ।