पहिलो चरण निर्वाचनको मतगणना तत्काल गर्न तीन दल सहमत

काठमाडौं । पहिलो चरणको निर्वाचनको मत गणना तत्काले गर्न प्रमुख तीन दलका नेताहहरु सहमत भएका छन् ।

बैशाख ३१ मा हुने पहिलो चरणको चुनावको मत गणना दोस्रो चरणको मतदान सकिएपछि जेठ ३१ पछाडिमात्रै गर्नुपर्ने आवाज उठिरहेको थियो । तर, आइतबार बालुवाटारमा भएको प्रचण्ड, केपी ओली र शेरबहादुर देउवावीचको छलफलमा तीनै नेताहरु तत्काल मतगणना गर्न सहमत भएका हुन् ।

त्यसै गरी तीन नेताहरु आगामी वर्षको वजेट जेठ १५ मै ल्याउन सहमत भएका छन् । तर, उक्त बजेट कामचलाउ मात्रै ल्याइने र त्यसले चुनावलाई प्रभाव पार्न नहुनेमा नेताहरु सहमत भएका छन् । जेठ १५ मै बजेट ल्याएपछि दोस्रो चरणको चुनाव जेठ ३१ मै गर्न एमालेले पनि सहमति जनाएको छ ।

तर, एमालेले संविधान संशोधनमा समर्थन गर्न नसकिने पुरानो अडान यथावतै राखेको छ । आइतबार बालुवाटारमा भएको छलफलमा पनि एमाले अध्यक्ष ओलीले संविधान संशोधनमा समर्थन नगर्ने बताएका थिए ।