काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भयंकर संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
केही दिनअघि भारतमा भएको बुद्धपूर्णिमाको कार्यक्रमलार्इ सम्बोधन गर्दै बुद्धको जन्मभूमि नेपाल धेरै संकटबाट गुज्रिरहेको टिप्पणी गरेका हुन् ।
हामी सबैको प्यारो नेपाल धेरै ठुलो संकटबाट गुज्रिरहेको छ, यो यात्रा धेरै भयंकर छ जसको कल्पना गर्न कठिन छु, मोदीले भनेका छन्, कति लामो समयसम्म यो कठिन यात्राबाट गुज्रिनुपर्छ त्यसको पनि टुंगो छैन ।
बुद्धको जन्मभूमि नेपालको यो कठिन अवस्था अनिश्चितकालसम्म लम्बिने पनि बताउँदै उनले गम्भीर संकेत गरेका छन् । मोदीले बुद्ध पूर्णिमाको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालको राजनीतिक अस्थिरतामाथि गम्भीर टिप्पणी गरेका हुन् ।
मोदीले हिन्दी भाषामा सम्बोधन गरेको भिडियो समेत युटुवमा सार्वजनिक भएको छ । ३१ मिनेट ११ सेकेन्डको भिडियोको सुरुवातमै उनले नेपालबारे गरेको टिप्पणी सुन्न पाइन्छ ।
‘आज हामी यसरी एक ठाउँमा जम्मा भएका छौँ । यो त्रिकोण हो, त्रिवेणी हो । बुद्धले सम्बोधी प्राप्त गरेको दिनको सम्झनामा बुद्ध पूर्णिमा दिवस मनाउँदै छौँु, मोदीले भनेका छन्, ुजुन धर्तिमा भगवान् बुद्धको जन्म भयो । उ हाम्रो प्यारो नेपाल अहिले भयंकर ठूलो संकटबाट गुज्रिरहेको छ । यो यात्रा कति भयंकर हुन्छ त्यसको कल्पना गर्न पनि कठिन छ ।’
मोदीले नेपाल अझै संकटबाट गुज्रनुपर्ने प्रष्ट संकेत गरेका छन् । ‘कति लामो समयसम्म नेपालका पीडित बन्धुहरुले यस यात्रासँग जुध्नु पर्ने हो, यसको समेत अन्दाज गर्न कठिन छ’, , मोदीले हामी सबैको प्यारो नेपाल धेरै ठुलो संकटबाट गुज्रिरहेको छ, यो यात्रा धेरै भयंकर छ जसको कल्पना गर्न कठिन छु, मोदीले भनेका छन्, कति लामो समयसम्म यो कठिन यात्राबाट गुज्रिनुपर्छ त्यसको पनि टुंगो छैन ।
बुद्धको जन्मभूमि नेपालको यो कठिन अवस्था अनिश्चितकालसम्म लम्बिने पनि बताउँदै उनले गम्भीर संकेत गरेका छन् । मोदीले बुद्ध पूर्णिमाको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालको राजनीतिक अस्थिरतामाथि गम्भीर टिप्पणी गरेका हुन् ।
सम्बोधनका क्रममा भनेका छन्न्, यद्यपि, भगवान् बुद्धले जो करुणाको सन्देश दिनु भएको छ । विश्वका मानव जातीका लागि त्यो करुणाको जिउने एक मौका हुनेछ ।
मोदीले बुद्धको करूणाबाट नेपालका पीडित बन्धुहरूले दुःखबाट मुक्ति पाउने पनि जिकिर गरेका छन् । ‘त्यही करुणाबाट प्रेरित भई नेपालका पीडित बन्धुहरुका दुःख, दर्द बाडँनु छ । आँसु पुछ्नु छ । र, उनीहरुलाई समेत एक नयाँ शक्ति प्राप्त होस्, उनले भनेका छन्, यसका लागि पनि हामी आज भगवान् बुद्धको चरणमा परेर प्रार्थना गरिरहेका छौँ ।
नेपालबारे मोदीको शंकास्पद र कडा टिप्पणी सार्वजनिक भएको केही दिनमै नेपालले चीनको वान बेल्ड वान रोड अवधारणामा हस्ताक्षर गरेको छ । दक्षिण एसियाबाट यो परियोजनामा हस्ताक्षर नगर्नेमा अब भारत र भुटान मात्रै रहेका छन् ।
मोदी नेतृत्वको भारत सरकारले चीनको वान बेल्ट वान रोड अवधारणामा नजोडिन नेपाललार्इ दबाब दिइरहेको थियो । शुक्रबार मात्रै नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरिसकेको छ ।
शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा नेपालको तर्फबाट परराष्ट्र सचिव शङ्करदाश बैरागी र चीनको तर्फबाट चिनियाँ राजदूत यु होङ्ले ओबीओआरको सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।