निर्वाचनको पुर्व सन्धामा काभ्रेको भकुण्डेबसीमा गोली चल्यो, एकको मृत्यु

तस्बिर साभार : महेश बाहुनकाे फेसबुकबाट

काठमाडौं । काभ्रेको भकुण्डेबसीमा गोली लागेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका ४ भकुण्डेबेसीमा शनिबार राति करिव साढे ९ बजे गोली चलेको थियो । घटनामा मेथिनकोटका २८ वर्षिय नवराज पाठकलाई गोली लागेको थियो ।

दाहिने छातीमा एक गोली लागेका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको काभ्रेका डीएसपी नविनराज राईले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको छ । स्थानीयबासीले सशस्त्र प्रहरीले नै गोली चलाएको आरोप लगाएका छन् । तर, सशस्त्र प्रहरीले भने मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको बताएको छ ।