काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेपालका चर्चित कलाकारहरु समेत उत्साहित छन् । अभिनेता हरिवंश आचार्य भक्तपुर बालकोटका मतदाता हुन् । मतदानका लागि आचार्य पनि उत्साहित छन् । जननिर्वाचित प्रतिनिधिलाई स्थानीय तह जिम्मा लगाएको हेर्न आतुर छन् । अहिलेसम्म कर्मचारीले धानेको स्थानीय निकायमा अब आफैले रोजेको मान्छे पुगेपछि विपत् पर्दा गएर भन्ने ठाउँ पाइने उनको भनाइ छ । ‘दुई दशकपछि यो उमंग महसुस गर्न पाइएको छ । म यो चुनावबाट धेरै आशावादी छुु, उनले भने ।
अभिनेत्री एवं निर्देशक झरना थापाको मतदाता परिचयपत्र काठमाडौं महानगरपालिका–१० को रहेको छ । नयाँ बानेश्वरस्थित स्वर्णवाटिका स्कुलमा रहेको बुथमा झरना मतदान गर्दैछिन् । ‘मतदानका लागि म उत्साहित छुु, उनले भनिन् । चलचित्र निर्माता केशव भट्टराई पनि काठमाडौं महानगरपालिकाकै मतदाता हुन् । उनी कामपा(२९ स्थित मिलन विद्या मन्दिरमा रहेको बुथबाट मतदान गर्दैछन् । जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्षसमेत रहेका भट्टराई नेकपा एमालेका लागि चुनाव प्रचारमा पनि खटिएका थिए ।
पपगायक धीरज राई पनि मतदान गर्न आतुर छन् । ‘मताधिकार प्रयोग नगरेको वर्षौं भयो । यसपटकको चुनावले जनतामा उत्साह ल्याएको छु, धीरजले भने, ‘मलाई पनि यसपटकको चुनाव निकै उत्साहपूर्ण लागेको छ । उनी काठमाडौं महानगरपालिका(२९ स्थित मिलन विद्या मन्दिरमा रहेको बुथबाट मतदान गर्दैछन् । गायिका रेखा शाह पनि मताधिकार प्रयोग विकास र सुशासनको सूचक मान्छिन् । तर उनी यसपटक मतदान गर्नबाट वञ्चित भएकी छन् । ‘मतदाता परिचयपत्रमा नाम छुटेछ ।
नरमाइलो लागिरहेको छु, रेखाले भनिन्, ‘म चुनावको दिन समाचार हेर्दै, पुस्तक पढ्दै घरमै बस्छु । नामावलीमा नाम हुने सबैलाई मतदानमा सहभागी हुन आग्रह गर्छु ।ु अभिनेत्री दीपा श्री निरौला विराटनगरकी मतदाता हुन् । चलचित्र ‘छक्कापन्जा २ु को छायांकन चलिरहेकाले भोट हाल्न जाने फुर्सद उनलाई पनि छैन । ‘चुनावको महत्वव बुझे पनि जान सकिनँु, उनले भनिन् । भोट हाल्न जान नपाए पनि उनमा चुनावको उत्साह निकै छ । यसपालि जनताले पार्टीभन्दा पनि व्यक्ति हेर्ने देखिएकाले उनी खुसी छिन् । ‘यो सोचले परिवर्तन ल्याउँछ । सुन्दर र सुदृढ नेपालको कल्पना गर्न वातावरण बनाउँछु, दीपा श्रीले थपिन् ।
अभिनेता कृष्ण मल्लको पनि मतदाता परिचयपत्रमा नाम छुटेको छ । ‘मतदाता नामावलीमा नाम छुटेछ । आफूले मतदान गर्न नपाए पनि चुनावको गतिविधि नियाल्न बाहिर निस्कन्छुु, अभिनेता मल्लले भने । मिस नेपाल २०१६ अश्मी श्रेष्ठले पनि यसपटकको चुनावमा मतदान गर्न नपाउने भएकी छन् । चितवनको टाँडीमा हुनुपर्ने उनको पनि मतदाता परिचयपत्रमा नाम छुटेको छ ।
विवाहपछि भारत गएकी अभिनेत्री विपना थापा चुनावकै लागि नेपाल आएकी छन् । दैलेख जिल्लाबाट उपमेयरको उम्मेदवार बहिनी वास्ना थापालाई सहयोग गर्न उनी नेपाल आएकी हुन् । वास्ना कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार हुन् । नागरिकता यहीँको भए पनि विपनाको भने मतदाता नामावलीमा नाम छैन । आमा नेपालमै छिन् । नेपाललाई पनि विपना आमा ठान्छिन् ।
आमाको मुहार फेर्न उनी चुनावको समयमा नेपाल अएकी हुन् । भन्छिन्, ‘हरेकपटक नेताको मुख हेर्यौं, यसपालि आफ्नो अधिकारका लागि जनता आफैं अग्रसर हुनुपर्छ भनेर चुनावमा लागेकी छु । जनआन्दोलनमा पनि अग्रपंक्तिमा देखिएकी विपनालाई विवाहपूर्व काठमाडौंबाट उम्मेदवारका लागि टिकट मिलेको थियो । तर, उनको राजनीति गर्ने रुचि होइन । केही दिनदेखि दैलेखमा बहिनीको चुनावी प्रचारमा हिँडेकी विपना चुनाव सकिनासाथ फर्किनेछिन् ।
अभिनेता अनुपविक्रम शाही भोट कसलाई हाल्ने भन्ने निर्णयमा पुगेका छैनन् । उनी काठमाडौं महानगरपालिका(३२ का मतदाता हुन् । पुराना नेताको काम देखेर दिक्क भएका उनी नयाँ पुस्तालाई साथ दिने सोचमा छन् । ‘भोट नयाँ पुस्तालाई नै दिन्छुु, उनले भने । नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य अभिनेत्री करिश्मा मानन्धर सप्तरीकी मतदाता हुन् । विनोद मानन्धरसँग विवाह भएपछि सप्तरीबाट नागरिकता बनाएकी उनको बसाइँसराइ भएको छैन । विनोद र छोरी भने काठमाडौं लाजिम्पाटका मतदाता हुन् ।
खुलेर पार्टीलाई सहयोग गरिरहेकी करिश्मा भोट हाल्न सप्तरीसम्म नजाने भएकी छन् । काठमाडौंमै बसेर पार्टीलाई सहयोग गर्ने उनले बताएकी छन् । सोही पार्टीका केन्द्रीय सदस्य अभिनेता अशोक शर्मा स्थानीय चुनावमा पार्टीभन्दा योग्य उम्मेदवार हेरेर भोट हाल्ने सोचमा छन् । ‘कलाकारले पार्टीभन्दा माथि उठेर हेर्न जरुरी छु, शर्माले भने ।