काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको एक थान मतपेटीका जलाएको छ ।
निर्वाचन सम्पन्न भएपछि मतपेटीका प्याक गरेर गणना स्थल तर्फ लाने तयारी गर्दै गर्दा अचानक ठुलो संख्यामा आएका नेत्र विक्रम चन्द ९विप्लव० का कार्यकर्ताले जनमतसहितको ब्यालेट बक्स जलाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले जानकारी दिए ।
गणनास्थलतर्फ लैजाने तयारी गर्दै गर्दा अचानक घेरेर आगो लगाएका प्रजिअ सुबेदीले बताए । अहिले सो स्थानमा दोहोरो भिडन्त भइरहेको छ ।
प्रहरी स्रोतकाअनुसार विप्लव समूहले मतपेटीका जलाउन थालेपछि मतदान अधिकृतसहितका सरकारी अधिकारीहरु भागेका थिए ।
विप्लव पार्टीका क्रान्तिकारी केन्द्रीय सदस्य नरेन्द्र विश्वकर्माले सुरक्षामा खटिएको प्रहरी निर्वाचन अधिकृतलाई लिएर भागेको र सेनाको टोलीलाई आफूहरुले नियन्त्रणमा राखेको टेलिफोन गरी जानकारी दिएका छन् ।
साविकको माल्कोट गाविसमा मतपेटिका कब्जा गर्ने क्रममा सुरक्षाकर्मीसँग केहीबेर झडप पनि भएको र झडपमा परी ६ जना घाइते भएको विश्वकर्माले बताए ।